नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको दशौं महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकामा हालसम्म ६३ जना सदस्यहरु निर्विरोध भएका छन्।
निर्विरोध भएकामा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन्। त्यस्तै केन्द्रीय सदस्यहरुमा मधेसी महिलातर्फ कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव, मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्धिकी, दलित महिलातर्फ विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली निर्विरोध भएकी छन्।
त्यस्तै पिछडिएको क्षेत्र महिलाबाट बद्मीकुमारी बोहरा, श्रमिकको तर्फबाट खुलामा विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा, महिलातर्फबाट मञ्जु कुमारी थापा मगर र सीता लामा पनि निविरोध भएको निर्वाचन कमिटीले जनाएको छ।
उपत्यका विशेषतर्फबाट खुलामा माधव ढुंगेल, महिलामा विनाकुमारी श्रेष्ठ, सम्पर्क समन्वयको खुलामा नरेन्द्र श्रेष्ठ, प्रदेश १को महिलाामा उषाकला राई, निरा खनाल र मेनुका काफ्ले, प्रदेश २को खुलातर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल, महिलातर्फबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा पनि निर्विरोध भएका छन्।
यता बाग्मती प्रदेशमा महिलातर्फबाट पार्वती रावल, पेम्बा लामा र रचना खड्का, गण्डकीको खुलातर्फबाट इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी, महिलातर्फबाट नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री तथा लुम्बिनी प्रदेशको खुलातर्फबट खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल, महिलातर्फबाट मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल निविरोध भएका छन्।
कर्णाली प्रदेशमा महिलातर्फ तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल निविरोध भएको निवाचन कमिटीले जनाएको छ।
प्रकाशित: १३ मंसिर २०७८ १४:३७ सोमबार