राजनीति

एमाले महाधिवेशनः प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश

नेकपा(एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन्।

उनले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए। पदाधिकारीमा अध्यक्ष ओली र  वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल रहेका छन्। यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे,रामबहादुर थापा ‘बादल’,सुवास नेङ्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ।

यसैगरी  महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी,रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई छन्।

प्रकाशित: १३ मंसिर २०७८ ०१:५६ सोमबार

१० औँ राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओली