राजनीति

एमाले बन्दसत्र एक घन्टापछि, केन्द्रीय कमिटीको नाम ओलीको हातमा

नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम आइतबार साँझ ७ बजेपछि मात्रै सुरु हुने भएको छ। विहान १० बजेका लागि बोलाइएको बन्द सत्र ७ बजेपछि सारिएको हो। अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नगरी सहमतिबाटै नयाँ पदाधिकारी र केन्द्रीय समिति चयन गर्ने रणनीति बनाएपछि दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन नसकेको हो।

यस्तै, विष्णु पौडेललगायतका नेताले पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि ३०१ जनाको नाम तयार गरी अध्यक्ष ओलीलाई बुझाएका छन्। उक्त सूचीलाई अध्यक्षसँग छलफल गरी अन्तिम रुपमा दिइने र बन्द सत्रमा पेस गर्ने तयारी छ।

नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीलाई अन्तिम रुप दिएपछि मात्रै ओली बन्दसत्र स्थलमा आउने बताइएको छ। यता अध्यक्षमा दाबी गरेका उपाध्यक्ष भीम रावलले केही सहयोगीहरुसहित अध्यक्षका लागि चुनाव प्रचारलाई तीव्र बनाएका छन्।

प्रकाशित: १२ मंसिर २०७८ १२:१५ आइतबार

नेकपा (एमाले)