राजनीति

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छः अध्यक्ष ओली

क्याप्शन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका सबै समस्या समाधान गर्नका लागि विश्वमाझ सहकार्य आवश्यक रहेको बताएका छन्। नेकपा एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।

यस्तै, ओलीले भोकमरी, गरिबी हटाउन, जलवायु परिवर्तनले पारेको असर कम गर्नका लागि सबैबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।

उनले लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढ गरी लोकतन्त्रलाई जनताको समृद्धि, राष्ट्रिय एकता, समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक रहेको पनि चर्चा गरे।

उनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्ने बताए। विगतमा विखण्डनको दिशातिर लागेका पार्टीलाई समेत शान्तिको बाटोमा ल्याएको बताउँदै नेपाल अहिले शान्तिपूर्ण बाटोमा रहेको अध्यक्ष ओलीले उल्लेख गरे।

अहिले नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै वैदेशिक लगानीका लागि समेत अनूकुल वातावरण रहेको ओलीले बताए।

प्रकाशित: १० मंसिर २०७८ ०९:४९ शुक्रबार

अध्यक्ष केपी शर्मा ओली