राजनीति

काङ्ग्रेस रोल्पा सभापतिमा आचार्य निर्वाचित

नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन्। आचार्यले ५ सय २ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी मानबहादुर खत्रीले ४ सय ४० मत पाएका छन्। कुल १ हजार ४२ मत खसेकोमा ३८ मत बदर भएको थियो। मंगलबार रातिदेखि थालिएको मत गणनाअनुसार बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पदाधिकारीको नतिजा मंगलबार सार्वजनिक गरिने छ। सभापतिमा निर्वाचित आचार्य पौडेल–कोइराला पक्षका हुन्।  पराजित खत्री देउवानिकट हुन्। खत्री रोल्पा नगरपालिका–१० का वडा अध्यक्ष हुन् भने उद्योग वाणिज्य महासंघका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुन्। सभापतिसँगै अन्य पदाधिकारी पनि पौडेल–कोइराला पक्षकाले नै जितेका छन्।

उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षत्री र सुनीलकुमार वली विजयी भएका हुन्।

प्रकाशित: ८ मंसिर २०७८ १४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App