राजनीति

बाँकेका ६ वटा प्रदेश सभा क्षेत्रमा आज उम्मेदवारी मनोनयन

नेपाली कांग्रेसको१४ औं महाधिवेशन अन्तर्गत बाँकेको ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार (आज)निर्वाचन कार्यक्रम सुरु गरिदैछ।

बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बने पनि कोहलपुर र राप्ती सोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए। तर,निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार नै उम्मेदवारी मनोनयन लगायतका काम हुने उनले जानकारी दिए।  

जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीका अनुसार बाँके क्षेत्र नम्बर १ प्रदेश सभा(क) को फत्तेपुर,(ख) को कोहलपुर, क्षेत्र नम्बर २ (क) को जिल्ला समन्वय समिति नेपालगन्ज, (ख) को नेपाली कांग्रेस बाँकेको कार्यालय र क्षेत्र नम्बर ३ (क) को सम्झना चोक र (ख) को खजुरास्थित कपास विकास समितिमा निर्वाचन कार्यक्रम गरिनेछ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) मा अधिवक्ता गोपाल गिरी,(ख) मा अधिवक्ता रुपनारायण बिसी,क्षेत्र नम्बर २ (क) मा सुरेश पर्सेला,(ख) मा ऋषिराज शर्मा, क्षेत्र नम्बर ३ को (क)मा अधिवक्ता विश्वजित तिवारी र (ख) मा विक्रम भण्डारीलाई मतदान अधिकृत खटिसकेका छन्।

प्रकाशित: ४ मंसिर २०७८ ०५:४० शनिबार

२० वडामा नेपाली कांग्रेसको नेपाली कांग्रेस १४ औँ महाधिवेशन