राजनीति

राष्ट्रिय अभियान सफल बनाउन अध्यक्ष नेपालकाे आग्रह

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन्। 

उनले जारी गरेको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।

आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई  सफल पार्नुपर्नेमा जोड दिइएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०६:३६ बिहीबार

राष्ट्रिय अभियान सफल बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल