राजनीति

लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न राष्ट्रपति भण्डारीको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएकी छन्। आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गरेर अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताइन्।

उनले सो स्थानको ऐतिहासिक, पुरातात्विक महत्वका संरक्षणसहित बुद्ध सर्किट विकास गरी मौलिक पहिचानलाई विश्वासामु प्रस्तुत गर्नुपर्नेमा समेत जोड दिइन्।  

सो क्रममा उनले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गर्दै अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताइन्। उनले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पूर्ण नेपालीले गर्वको अनुभुति गरेको पनि उल्लेख गरिन्। नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको जनाइन्।

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिइन्। यसो गर्दा स्थानीय समुदायको जीवनमा पनि समृद्धि हासिल हुने उनको भनाइ छ। उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन्। यहाँको ऐतिहासिक, पुरातात्विक महत्वका संरक्षणसहित बुद्ध सर्किट विकास गरी मौलिक पहिचानलाई विश्वासामु प्रस्तुत गर्नुपर्नेमा उनको जोड थियो।

सो क्रममा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै लुम्बिनीमा खानेपानी, बिजुली, ढल निकास लगायतको विषयमा सम्बन्धित निकायले ध्यान पुर्याइ उत्कृष्ट बस्ती बनाउनुपर्ने बताइन्।

प्रकाशित: १४ कार्तिक २०७८ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App