राजनीति

नगरसभापतिमा चापागाई निर्वाचित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाईं निर्वाचित भएका छन्। उपसभापतिमा इन्दु सुवेदी, निरज कोइराला, सचिवमा झुमा निरौला, तेजेन्द्र भट्टराई, सहसचिवमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भएका छन्। 

शनिबार सम्पन्न नगरअधिवेशनमा अरुण न्यौपाने, सन्तोष न्यौपाने र कृष्ण कार्की सभापतिका लागि चुनावी मैदानमा उत्रिएका थिए। दीपक चापागाईले २१२, सन्तोष न्यौपानेले १६५, कृष्ण कार्की १३३ र अरुण न्यौपानेले १ सय २७ मत ल्याएका थिए।

प्रकाशित: १७ आश्विन २०७८ १३:३५ आइतबार

नेपाली कांग्रेस