राजनीति

एमाले पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा

नेकपा एमालेको असोज १५ गते शुक्रवारबाट सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ। 

बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रवार सवा १२ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।  

उनले उद्घाटनपछि तीनवटा प्रश्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए। उनले विधान महाधिवेशनमा देशभरबाट बरिव ६ हजार प्रतिनिधि सहभागी बन्ने बताए। 

प्रकाशित: १४ आश्विन २०७८ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App