राजनीति

संसदीय मर्यादामा बसेर विरोध गर्नु : ओली

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन्। प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने समेत उनले बताएका छन्।

सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको बताउँदै उनले विरोधमा उत्रँदा पार्टीले तोकेका नाराहरु मात्र लगाउन निर्देशन दिएका छन्। शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास तथा गृहमन्त्रीको माइक खोसेपछि ओलीले यस्तो निर्देशन दिएका हुन्।

उक्त घटनाको  चर्को आलोचना भएपछि सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै एमालेले आइतबार संसदीय दलको बैठक राखेको थियो।

प्रकाशित: २७ भाद्र २०७८ ०८:०२ आइतबार