राजनीति

नेपाल सरकारलाई ओलीको प्रश्नः दार्चुला घटनाबारे भारतलाई किन थाहा दिन सक्नुहुन्न?

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले दार्चुला घटानाबारे भारतलाई थाहा नदिएकोबारे सरकारलाई प्रश्न गरेका छन्।  

सोमबार युवा संघको काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई थाहा नदिएको बारे प्रश्न गरे।

'तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ। त्यसबारे तपाईं बोल्नुहुन्न। नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ। तर पनि बोल्न सक्नुहुन्न। भारत भन्छ, थाहा छैन,' ओलीले भने, 'भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न?'

'नागरिक मारिँदा पनि चुइक्क बोल्न सक्दैनरु सडकमा लाठी लगाउन सक्छ त युवाहरू बोल्ने बित्तिकै! यस्तालाई भन्छन् घरका बाघ वनका स्याल,' ओलीले भने।

प्रकाशित: २१ भाद्र २०७८ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App