राजनीति

प्रदेशसभा बैठक साउन २१ गते बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक साउन २१ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशित गरी गत असार २५ गते स्थगित भएको बैठक साउन २१ गते बस्ने जानकारी दिएको हो।

प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको बाइसौं बैठक साउन २१ गते बिहीबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ। चालू अधिवेशनबाटै प्रदेश १ को नामाकरण गर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउँदै आएका छन्। उनले प्रदेश सभाका प्रतिपक्षी दलहरूसँग पनि प्रदेशको नामाकरणका विषयमा छलफल थालेका छन्। प्रदेशसभाको  बैठकमा प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम चाँडो टुंग्याउन सरकारलाई दबाब दिंदै आएका छन्।

प्रदेशको नामाकरण पहिचानका आधारमा गर्नुपर्ने लिम्बुवान, खम्वुवानलगायतका दलहरूले माग गर्दै आएका छन्। पहिचानवादीहरूले जातिय आधारमा  किराँत, लिम्बुवान, खम्बुवान राख्न माग गरिरहेका छन् भने अन्यले प्रदेशको नाम कोसी वा सगरमाथा राख्नुपर्ने मत राख्दै आएका छन्। प्रदेशको नामाकरण जातिय पहिचान कि भौगोलिक आधारमा गर्ने भन्ने विषयमा प्रदेशसभा सदस्यहरूबीच नै विवाद हुँदा नामाकरणको प्रस्ताव औपचारिक रुपमा प्रदेशसभामा पेश हुन सकेको छैन। 

प्रकाशित: १७ श्रावण २०७८ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App