राजनीति

देउवाद्वारा शपथ लिन आनाकानी, पत्रमा धारा उल्लेख गर्नुपर्ने

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन आनाकानी गरेका छन्। 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा आफूलाई नियुक्ति गरे पनि सो नियुक्तिमा संविधानको धारा उल्लेख नभएकोमा आपत्ती जनाउँदै प्रधानमन्त्री देउवाले सपथ लिन आनाकानी गरेका हुन्। प्रधानमन्त्री देउवाले राष्ट्रपतिले सो नियुक्ति पत्रलाई सच्याउनुपर्ने समेत बताएको स्रोतको भनाइ छ।

‘राष्ट्रपतिले दिएको नियुक्ति पत्रमा संविधानको धारा उल्लेख नभएसम्म शपथ ग्रहण नगर्ने प्रधानमन्त्री देउवाले बताएका छन्, उहाँले सो पत्र सच्याउनुपर्ने बताउनु भएको छ।’ देउवा निकट एक नेताले भने।

उनले राष्ट्रपतिले संविधानको धारा ७६(९)अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी  उल्लेख गर्नुपर्ने जनाए।

प्रकाशित: २९ असार २०७८ १३:२२ मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउवा