राजनीति

संसद पुनः स्थापनाले बढ्यो सांसद खरीदबिक्रीको जोखिम : नेमकिपा

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले संसद पुनःस्थापनापछि पनि देशको राजनीतिमा अन्योल यथावत रहेको बताएका छन्।  

सोमबार सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछिपनि राजनीतिक अन्योल नसकिएको जनाउँदै उनले संसद पुनस्थापनासँगै सांसद खरीदबिक्रीको सम्भावना बढेको बताए।

भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ख्वपको पहिचान नामक पुस्तक विमोचन गर्दै सांसद सुवालले भने, ‘संसद पुनःस्थापनासँगै आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम बढेको छ।’  उनले नयाँ बन्ने सरकारले पनि देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको समेत प्रष्ट्याए।

प्रकाशित: २८ असार २०७८ १२:०६ सोमबार

संसद पुनःस्थापना नेपाल मजदुर किसान पार्टी