राजनीति

प्रतिनिधि सभा जसरी पनि पुनर्स्थापना गरिनुपर्छः नेता श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई पुनर्स्थापना गर्नु पर्ने बताएका छन्। सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले संविधानको मर्म विपरित गएर काम चलाउ सरकारद्वारा प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक कार्य भएको बताउँदै राष्ट्रपतिले आफूखुसी प्रधानमन्त्री बनाउन नमिल्ने बताए।

'राष्ट्रपतिले जो मन लाग्यो उसैलाई प्रधानमन्त्री बनाउन मिल्दैन', नेता श्रेष्ठले भने, 'राष्ट्रपति र प्रधानमन्त्रीले आफूखुसी काम गरिरहे। यो राम्रो होइन।'

यसैगरि, संविधान मारेर निर्वाचन गर्नु न्यायपूर्ण नभएको पनि उनले बताए। 'निर्वाचन...निर्वाचन मात्र भनेर हुन्छ, के निर्वाचन लोकतन्त्र हो ?,' उनले प्रश्न गर्दै भने,'संविधानलाई मार्न निर्वाचनको कुरा गरिन्छ भने त्यो निर्वाचन होइन।

प्रकाशित: २१ असार २०७८ ०८:२० सोमबार

नेकपा (माओवादी केन्द्र)