राजनीति

नेपाल र देउवासँग प्रचण्डको भेटघाट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक भेटघाट बढाएका छन्। सोमबार दिउँसो नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेट गरेका उनले केही समयमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट गरेका छन्।

संसद विघटनको मुद्दामा भएको बहस र एमाले अध्यक्ष ओलीको पार्टी एकता आव्हानसँगै भएको भेटघाट अर्थपूर्ण रहेको छ।  

प्रचण्डले सोमबार दिउँसो ११ बजेतिर माधवकुमार नेपाललाई कोटेश्वरमा र देउवालाई भेट्न बुढानीलकण्ठ पुगेको स्रोतले जनाएको छ।  

प्रकाशित: २४ जेष्ठ २०७८ ०८:०१ सोमबार

नेकपा (माओवादी केन्द्र)