राजनीति

निवर्तमान मन्त्री आलेको प्रतिबद्धताः जुनसुकै भूमिकामा रहे पनि नागरिकको सेवा र देशको विकासमा खटिरहनेछु

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सधैँ खटिइरहने बताएका छन्। जुनसुकै भूमिकामा रहे पनि नागरिकको सेवा र देशको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकाले सोहीअनुसार सधैँ निरन्तर लागि रहने उनको प्रतिबद्धता थियो।  

नवनियुक्त मन्त्रीहरूलाई शुभकामना व्यक्त गर्ने क्रममा निवर्तमान मन्त्री आलेले भने, 'हामी आम नागरिकको सेवा तथा देशको विकासका लागि राजनीतिमा लागेका हौँ, नागरिकको सेवा गर्नु हाम्रो धर्म हो।'

प्रकाशित: २३ जेष्ठ २०७८ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App