राजनीति

चिनियाँ राष्ट्रपति सीद्वारा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग  कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गर्न आग्रह गरेकी छिन् । बुधबार दुई देशका राष्ट्रपतिबीच भएको करिब ४० मिनेट कुराकानीमा उक्त आग्रह गरिएको नेपालको  राष्ट्रपति कार्यालयले जनाएको छ ।वार्ताको क्रममा राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएका हुन्। यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै भारतीय समकक्षी रामनाथ कोबिंदलाई पत्राचारमार्फत कोभिड भ्याक्सिनका लागि आग्रह गरेकी थिइन् ।  

नेपाल र चिनियाँ राष्ट्रपतिबीचको कुराकानीबारे परराष्ट्र मन्त्रालयले छिट्टै विस्तृत विवरण सार्वजनिक गर्ने राष्ट्रपतिकार्यलयले जनाएको छ ।  

प्रकाशित: १२ जेष्ठ २०७८ १२:१६ बुधबार

खोप सहयोग