राजनीति

राष्ट्रियसभाको उपनिर्वाचनको मतदान सम्पन्न, आजै नतिजा आउने

मकवानपुरको हेटौडामा जारी राष्ट्रियसभाको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ। तोकिएका दिउँसो ३ बजेसम्मको अवधिमा ३४७ मतदाता मध्ये ३३८ ले मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ। विहान ९ बजेबाट सुरु भएको मतदानमा ३ बजेसम्ममा ९ जना अनुपस्थित रहे।  

प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता छन्। विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन्। मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन्। नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दिएका छन्।

प्रकाशित: ६ जेष्ठ २०७८ ०९:४३ बिहीबार

राष्ट्रियसभाको उपनिर्वाचन मतदान सम्पन्न