राजनीति

संविधानलाई ट्र्याकमा ल्याउन मेराे उम्मेदवारीः डा. देवकोटा

नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका पार्टीहरुको साझा उम्मेदवारका रुपमा रहेका डा. खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन्। 

आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिंदै जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारिताको खाँचो औँल्याए।

यस्तै अर्का उम्मेदवार नेपाल मजदूर किसान पार्टीका नेता कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशनबमोजिम उम्मेदवारी दर्ता गरेको बताए। देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उनले दृढता व्यक्त गरे।

प्रकाशित: २४ वैशाख २०७८ ०९:१२ शुक्रबार

देशको संविधानको मूल प्रवाह साझा उम्मेदवार डा. खिमलाल देवकोटा