नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बालुवाटारबाट स्वीच थिचेर सडक उद्घाटन गर्ने प्रधानमन्त्रीको कार्य नौटंकी भएको बताएकी छन्। प्रतिनिधि सभाको सातौं बैठकको शून्य समयमा बोल्दै सांसद् शाहीले मुलुक रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युगमा पुगेको भनिएपनि अझैं कतिपय ठाउँमा एम्बुलेन्स, गाडी पनि नपुगेको तितो यथार्थ रहेको बतएकी छन्।
यस्तै, उनले ठूला अपराधि र भ्रष्टाचार गर्नेहरुकै घरमा पार्टी कार्यालय खोलेर आदर्शका कुरा गर्ने काम पनि रहेको उनले बताइन्।
प्रकाशित: २३ चैत्र २०७७ ०८:१८ सोमबार