राजनीति

केपी ओली नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ : लालबाबु पण्डित

फाइल तस्बिर।

नेकपा (एमाले) का नेता लालबाबु पण्डितले अबको दुई वर्षसम्म एमाले नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने जिकिर गरे।

माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन दिनुको विकल्प नरहेको उनको भनाई छ। उनले आवश्यक परे ओलीले थप राजनीतिक दलहरुको पनि समर्थन पाउने दाबी गरे।  

‘नेकपा माओवादी केन्द्रले यो सरकारलाई समर्थन दिनुको विकल्प छैन्, आवश्यक पर्दा प्रधानमन्त्रीज्यूले थप राजनीतिक दलहरुको पनि समर्थन पाउनुहुन्छ,’ ओलीले भने।

उनले अबका दिनहरुमा पार्टी नेतृत्वहरुले एमालेलाई बलियो बनाउने समेत बताए। ‘आन्तरिक किचलो नेकपा एमालेभित्र अब हुँदैन्। हिजो नेकपा हुँदा जे/जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन्। नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ,’ उनले भने, ‘पार्टीको नेतृत्व पंक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ।’

एमालेका शीर्ष नेताहरु केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले एमालेलाई बलियो बनाउने बाहेकका गतिविधि नगर्ने उनको विश्वास छ।

प्रकाशित: २५ फाल्गुन २०७७ १०:४६ मंगलबार

नेकपा (एमाले) लालबाबु पण्डित