राजनीति

प्रदेश १ : आफु अनुकुल नभए प्रदेश सभा भंग गर्ने मनस्थितिमा मुख्यमन्त्री राई

नेकपाका दुई समूहवीच वार्ता

नेकपाको सरकारी पक्षले प्रचण्ड माधव पक्षका सांसदहरूलाई अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ। विहीबार विराटनगरमा सरकारी पक्षको पहलमा भएको वार्तामा नेकपाको  प्रचण्ड–माधव समूहलाई सरकारी पक्षले प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री  शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो।  

बैठकमा सरकारी पक्षबाट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सांसद विमल कार्की सहभागि थिए। यस्तै प्रचण्ड –माधव पक्षबाट पूर्वमन्त्रीहरू इन्द्रबहादुर आङ्वो, जीवन घिमिरे र सांसद लक्षुमन तिवारी सहभागि थिए। वार्ताका क्रममा सरकारी पक्षले  मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन प्रचण्ड–माधव पक्षलाई आग्रह गरेको थियो। तर प्रचण्ड माधव समूहले सरकारी पक्षको प्रस्ताव वार्ताको एजेण्डा नै नहुने भन्दै फिर्ता लिन अस्वीकार गरेको वार्तामा सहभागि पूर्वआर्थिक मामिला ताथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले जानकारी दिए। ‘उहाँहरूले  मुख्य मन्त्रीविरुद्ध दर्ताभएको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो’ आङ्वोले भने‘हामीले प्रकृयामा गइसकेको विषय भएकाले अविश्वासको प्रस्ताव बैठकको एजेण्डै हुँदैन भन्यौ।’ त्यस पछि कांग्रेसको निर्णय पर्खन र प्रतिनिधिसभा विघटनको सम्बन्धमा अदालतले गर्ने निर्णय तथा पार्टीको आधकारिकताका विषयमा  निर्वाचन आयोगले गर्ने निर्णय पर्खन पनि सरकारी पक्षले आग्रह गरेको आङ्वोले बताए। तर, सरकारी पक्षको आग्रह अनुसार कसैको निर्णय पर्खन आफूहरू सहमत नभएको उनले स्पष्ट पारे। 

फागुन  ९ गतेको प्रदेश सभा बैठक सुचारु गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको आङ्वोले जानकारी दिए। सरकारी पक्षले विभिनन द्विविधाका कुरा गरेर सरकारको आयु वढाउने नियत राखेको देखिएको आङ्वोको भनाई छ। उनले भने‘उहाँहरू जसरी पनि सरकारको आयु बढाउने मनस्थितिमा हुनुहुन्छ।’ तर, प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अघि बढाउने बाहेकको विषयमा आफूहरू सहमत नहुने आङवोले बताए। प्रदेशसभाले गर्ने निर्णय मान्न आफूहरू तयार रहेको र सरकारी पक्ष पनि  तयार हुनुपर्ने आङ्वोको धारणा छ। आङ्वोले ले आफू अनुकुल नभए प्रदेश सभा नै भंग गर्ने सरकारको मनस्थिति देखिएको पनि दाबी गरे। आफु अनुकुल नभएमा प्रदेशसभा नै भंग गर्ने मनस्थितिमा मुख्यमन्त्री शेरधन राई देखिएको उनले बताए। सरकारी पक्षबाट वार्तमा सहभागि सांसद विमल कार्कीले वार्ता सकारात्मक भएकाले चाँडै निकास निश्कने दाबी गरे। ‘अविश्वासको प्रस्ताव लगायतका विषयमा छलफल भएकोछ’ उनले भने‘छलफल सकारात्मक भएकाले चाँडै निकास निश्कन्छ।’ उनले वार्तामा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावलगायतका सबै विषयमा छलफल भएको जानकारी दिए।  फागुन ९ गते आह्वान गरिएको प्रदेशसभा बैठकलाई सहज रुपमा चल्ने वातावरण तयार गर्ने विषयमा केन्द्रित भएर छलफल अघि बढाइएको उनले बताए।  

 

 

प्रकाशित: ६ फाल्गुन २०७७ ११:२४ बिहीबार

प्रदेश १ प्रदेश सभा मुख्यमन्त्री