राजनीति

संसद विघटन मुद्दामा बहस गर्न आधा घण्टा समय तोकियो

प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्ने अधिवक्ताका लागि समय तोकिएको छ। आज जारी रहेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अधिवक्तालाई आधा घण्टाको समय तोकेका हुन्।  

यसअघि नियमित सुनुवाइ भइरहेको मुद्दामाथि बहसका लागि कुनै समय निर्धारण गरिएको थिएन। जसले गर्दा अधिवक्ताले घण्टौं समय बहसमै बिताउँदै आएका थिए। फलस्वरुप बहसमा ढिलाइ भएपछि अदालतको फैसला आउन पनि समय लाग्ने देखिएको थियो।  

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले आधा घण्टाको समयका लागि बोल्न आग्रह गरेका थिए।

प्रकाशित: ७ माघ २०७७ ०६:२९ बुधबार

संसद विघटन मुद्दामा बहस