राजनीति

कांग्रेसले संसद पुनःस्थापना भन्दा निर्वाचनमा जोड दिनुपर्छ : नेता महत

फाइल फोटो

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि अब निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता महतले निर्वाचनका लागि दबाब दिनुपर्ने बताएका हुन्।  

कांग्रेसले अब संसद पुनःस्थापना भन्दापनि निर्वाचनमा जोड दिनुपर्ने नेता महतको भनाई छ। ‘संसद पुनःस्थापित भए जनताले अझै दुई वर्ष कम्युनिस्ट सरकारलाई भोग्नुपर्ने हुन्छ,’ उनले भाने,‘त्यसैले निर्वाचनबाटै कम्युनिस्ट सरकारलाई विस्थापित गर्नुपर्छ, चुनाव भए कांग्रेसको जित निश्चित छ।’

उनले संसद विघटनको कदमलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ को संज्ञा दिए। तर, यस विषयमा अदालतले न्यायिक निरूपण गर्नुपर्ने उनको भनाई छ।

प्रकाशित: १३ पुस २०७७ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App