राजनीति

प्रदेश १ का तीनजना मन्त्रीले दिए राजीनामा

नेकपाको दाहाल-नेपाल पक्षका प्रदेश १ का तीन मन्त्रीले आज राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे छन् भने दुई राज्यमन्त्रीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन्।

यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोलाई बर्खास्त गरेका थिए।

केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेशहरुमा पनि देखिएको छ।  

आज प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल-नेपाल पक्षको तयारी रहेको छ।

प्रकाशित: १२ पुस २०७७ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App