राजनीति

बादल निकट नेताले भने : ओलीको पक्षमा उभिने हो भने साथ दिन सक्दैनौ

गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि उनी निकट नेताहरुले असन्तुष्टि जनाएका छन्।

आइतबार संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका ओलीको पक्षमा थापा छन्। थापासहित पूर्वमाओवादीबाट उधोगमन्त्री बनेका लेखराज भट्ट पनि ओली पक्षमा छन्। संसद विघटन भएपछि ७ जना मन्त्रीले राजीनामा दिए पनि थापा र भट्टले दिएका थिएनन्।

सोमबार विहान नेकपा स्थायी कमिटी सदस्य देव गुरुङ, पम्फा भुसालसहितका नेताहरु थापा निवास पुगेर कदमको विरोधमा उभिन आग्रह गरेका छन्। हितमान शाक्य, अमृता थापा, महेश्वर दाहाल, लेखनाथ न्यौपाने, रामदीप आचार्य लयातका नेताहरु थापालाई दवाव दिन मन्त्री निवास पुल्चोक पुगेका थिए।

उनीहरुले ओलीको कदम अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै उनलाई साथ नदिन आग्रह गरेका थिए। यस अघि पनि थापा सचिवालयमा दाहालको पक्षमा प्रष्टरुपमा देखा पर्दैनथे।

'ओलीको कदम गलत छ। यसमा साथ दिनु भनेको प्रतिगमन तर्फको यात्रामा जानु हो भनेर भन्यौं', एक नेताले भने, 'ओलीको पक्षमा उभिने हो भने साथ दिन सकिदैन भनेका छौं।'  

 

 

 

 

प्रकाशित: ६ पुस २०७७ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App