राजनीति

संसद विघटन सिफारिसको प्रतिवाद गरौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी संघीय परिषदअध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद विघटनको सिफारिसको प्रतिवाद गर्नु पर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम संविधानको मर्म विपरीत भएको बताएका छन्।

संविधान अनुसार प्रधानमन्त्रीले संविधान विघटन गर्न नपाउने उनले बताए। ‘देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिससभाको कार्यकाल ५ वर्ष किटन गरिएको छ। विगतको अस्थिरतालाई ध्यान दिँदै संसद विघटन गरेर अस्थिरता निम्त्याउने नदिन प्रावधान राखेका थियौं’, भट्टराईले भने, 'त्यस विपरित प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष गरेको खबर प्राप्त भएको छ, यो अत्यन्त दुःखद छ।’

दुई तिहाई नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैर जिम्मेवारपूर्ण हर्कत भएको उनले बताए। उनले यो लोकतन्त्रको हितमा नभएको बताउँदै संविधानसभाबाट स्थापित सुधारिएको संसदीय व्यवस्थाको धज्जी उडाएको बताएर।  

 

प्रकाशित: ५ पुस २०७७ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App