राजनीति

आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ : नेकपा नेता जनार्दन शर्मा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी नेतृत्वकर्तालाई सिद्धान्त, विधि र पद्धतिलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन्।  

शनिबार सामाजिक सञ्जालमार्फत पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले आफू हारेर भए पनि पार्टीलाई जिताउन नेतृत्व तहलाई आग्रह गरेका हुन्।  

‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैभित्रको इमान नापेर हेर। संस्थागत मूल्य बोध गर। सिद्धान्त, विधि, पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर। अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए विधिले जित्ने छ,’ शर्माले ट्विटरमा लेखेका छन्, ‘यसपटक विधिले जित्यो भने राष्ट्र, वर्ग र जनताको जित हुनेछ। अन्यथा...।’

प्रकाशित: १३ मंसिर २०७७ ०७:०२ शनिबार

जनार्दन शर्मा