राजनीति

कृष्ण प्रसाद भट्टराई कांग्रेस सभापति हुँदा कोषाध्यक्ष रहेका प्रसाईंको निधन

नेपाली कांगेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईं ‘खनुपरुदे’ को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। ‘खनुपरुदे’ २०१६ देखि नेपाली कांग्रेस झापाको राजनीतिमा नेतृत्वदायी भूमिकामा थिए। २०४३ सालमा नेपाली कांग्रेस झापाको सभापति भएका प्रसाईं २०४८ सालको आम निर्वाचनमा झापाको तत्कालिन ५ नम्वर क्षेत्र र २०५१ मा झापाको तत्कालिन २ नम्वर क्षेत्रमा कांग्रेसको उम्मेदवार भएका २०४८ को पार्टी महाधिवेशनपछि तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिएका थिए।

 

प्रकाशित: २३ आश्विन २०७७ १२:१७ शुक्रबार

नेपाली कांग्रेस