नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट विदा हुँदैछन्। प्राधिकरणको ४ वर्षे कार्यकाल आइतबारबाट सकिँदैछ।
उनको कार्यकालको अन्तिम दिनसम्म पनि प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को भन्ने टुंगो लागेको छैन। देशमा विद्यमान लोडसेडिङ हटाएको श्रेय घिसिङलाई जान्छ। उनी २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्त भएका थिए।
जनार्दन शर्मा उर्जामन्त्री हुँदा उनी खुला प्रतिस्पर्धाबाट प्राधिकरण नेतृत्वमा आएका थिए।
प्रकाशित: २८ भाद्र २०७७ ०८:२२ आइतबार