राजनीति

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

फाइल तस्बिर

सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको आकस्मिक बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठक बस्नु अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास पुगेर भेटेका थिए।

 

प्रकाशित: १८ असार २०७७ ०७:३६ बिहीबार

संसद अधिवेशन