राजनीति

प्रधानमन्त्रीलाई नेताहरुको सुझाव : आ–आफ्नो इतिहास पढेर समाधान निकाल्नुस्

नेकपा स्थायी कमिटीमा विवाद

नेकपा स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही मन्त्री र नेताहरुसँग परामर्श गरे। उनीहरुबाट सल्लाह सुझाव लिए। परामर्श बैठकमा गएका नेताहरुले प्रधानमन्त्री ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाए।  

प्रधानमन्त्री निवासमा बुधबार बिहान ओलीले केही मन्त्री र पार्टीका स्थायी कमीटी सदस्यहरुलाई बोलाएर स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गरेका थिए। छलफलमा सहभागि भएका नेताहरुले पार्टीमा ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। उनले भने, 'यो अहिले जुन पार्टी भित्र ब्लेम गेम चलिरहेको छ प्रोक्सी वार चलिरहेको छ यो ब्लेम गेम र प्रोक्सीवारलाई अन्त्य गर्नुपर्यो  भन्ने सुझाव हामी सबैले राखेका छौं। घटनाक्रमहरु हेर्दा पार्टीको उच्च नेतृत्वतहमा एउटा चरम संकट खासगरी विश्वासको संकट उत्पन्न भएको देखिन्छ त्यस सन्दर्भमा हामीले भन्यौं यसको समाधान पनि तपाईहरुले आपसि संवाद र विमर्श बाहेक अन्यत्र खोज्न सकिदैन्। त्यसैले दुईवटा अध्यक्षको बीचमा एउटा राम्रो हार्दिक सम्बन्ध हुनुपर्यो । पार्टीको सचिवायलमा राम्रो सम्बन्ध हुनुपर्योय। स्थायी कमिटीको बिचमा सम्बन्ध हुनुपर्योह। र सिंगो केन्द्रीय कमिटी र पार्टी पंङ्तिमा एउटा हार्दिक भावना विकास हुनुपर्योध त्यसका निम्ती पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा तपाईले नै ज्यादा पहलकदमी लिनुपर्योट भनेका छौं।’

उनले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भएपनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउन समेत सुझाव दिइएको बताए। उनले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजन तिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिइएको बताए। भट्टराईले भने, 'यतिधेरै मृत्युलाई जितेर आउने नेताहरुले आजका यि साना तिना समस्याहरुलाई हल गर्न सकिदैन र हामी विभाजनतिर जान्छौं भन्ने हो भने तपाईहरुको योग्यता माथि गम्भिर प्रश्न उठछ। तपाईहरुलाई खालि कार्यकर्ताले मात्रै प्रश्न उठाउँदैनन जनताले प्रश्न उठाउँछन इतिहासले प्रश्न उठाउँछ र तपाईहरुको मृत्यु पछि पनि तपाईहरुको जीवन पछि पनि इतिहासले तपाईहरुलाई लखेटिरहन्छ। यो कदम कुनैपनि हालतमा नेकपालाई सैह्य हुँदैन। तपाईहरु सचेत हुनुपर्यो् सम्बाद गर्न पर्यो  छलफल गर्नुपर्यो  समाधान निकाल्नुपर्यो  त्यसमा हाम्रो सहयोग कहिं चहिन्छ भने हामीलाई बोलाउनुहोस भनेका छौं।’

मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्न तर्फ ध्यान दिन समेत आग्रह गरिएको बताए। उनले भने, 'एकपल्ट नेताहरुले आफ्नो इतिहास पढ्नुपर्यो । आफैलाई बुझ्नुपर्यो  आफु कसरी आइयो कुन जगबाट आइयो कसरी सिंहदरबारमा शासन गर्न आइपुगियो कसरी पार्टीको अध्यक्ष भइयो वरिष्ठ नेता भइयो त्यो एकपल्ट वहाँहरुले आफ्नो इतिहास खोतल्नुभयो भने समाधान निस्किन्छ अनि अर्काका दु:ख अर्काका पीडा पनि वहाँहरुले बुझ्नु भयो भने फेरी हामी एकैठाउँमा हुन्छौं।’

उनले हिजोको बैठकमा नेताहरु प्रस्तुत भए अनुसार वरिष्ठ नेताहरुको बिचमा नै आरोप प्रत्यारोप भएको स्पष्ट भइसकेको बताए। यसले पार्टीलाई संवेदनशिल बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताए। उनले भने, 'हिजोको बैठकमा कार्यसूचिको अलवा अहिलेका केही ज्वलन्त विषयहरुमा छलफल भयो। त्यो छलफलको क्रममा मुलतः पार्टीका वरिष्ठ नेतारुको बिचमा नै पार्टीका दुईवटा अध्यक्षको बिचमा वरिष्ठ नेताहरुको बिचमा र अरु स्थायी कमिटीका साथिहरुको बिचमा आरोप प्रत्यारोप गर्ने काम भयो र त्यसले बैठकलाई धेरै संवेदनशिल पनि बनायो र सिंगो देशभरका पार्टी सदस्यहरु स्तब्ध भए  नेपाली जनता स्तब्ध भए। यो अवस्थामा अव पार्टीलाई कसरी अगाडि बढाउने र हिजोको बैठकको सिन हेर्दाखेरी नेकपा एउटा निकै नै आन्तरिक हिसाबले संकटमा छ भन्ने कुरा सहजरुपमा बुझिन्छ।’

मन्त्री भट्टराईले समस्याको समाधान पार्टी आफैले गर्न सक्नुपर्ने बताए। अहिले उठेका समस्याहरुलाई हल गर्दै नयाँ जगमा फेरी पार्टीलाई एकतावद्ध बनाउनु पर्ने सुझाव दिएको उनले बताए। उहाँले पार्टी र सरकारको बिचमा एकदमै समन्वायत्मक र घनिस्ट सम्बन्ध स्थापित हुनु पर्योल। सरकारले पर्टीलाई सहयोग गर्नुपर्योा र पार्टीले सरकारको अपनत्व लिनुपर्योल भन्ने सुझाव दिइएको बताए।  

उनले सचिवालय बैठकमा छलफल गर्न र समाधान निकालेर प्रस्ताव ल्याउन सुझाव दिईको बताए। उनले वरिष्ठ नेताहरुले तातो दिमागले नभई सबैले टाउकोमा बरफ राखेर छलफल गर्न समेत सझाव दिइएको बताए।  

निर्वाचन आयोगमा एमाले नामको दल दर्ता भएको विषयमा दलदर्ता गर्ने स्वतन्त्रता सबै नागरिकलाई भएको तर आज जुन तहको छलफल बैठकमा हुँदै छ त्यो तहको वेटेज र ग्राभिटी राख्छ भन्ने विश्वास आफुलाई नलागेको मन्त्री भट्टराईले बताए।  

 

प्रकाशित: १७ असार २०७७ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App