राजनीति

नागरिकता विधेयकमाथि जसपाको विरोध

संसद्मा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा) का नेताले मंगलबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा जसपाका शीर्ष नेता सुरेन्द्र यादव, बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई, महेन्द्र राय यादवलगायत उपस्थित भएका थिए। उनीहरूले पछिल्लो समय सरकारले गरेका कामकारबाहीमाथि प्रश्न उठाउँदै नागरिकता विधेयक रोक्न माग गरेका छन्।  

संसद्को राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिन सकिने विधेयक अघि बढाएको थियो। सो विधेयकमाथि कतिपयले सहमति जनाए पनि केहीले भने विरोध गर्दै आइरहेका छन्। यो विधेयक गलत भएको भन्दै जसपाले विरोध गरेको थियो। प्रदर्शनकारीले माइतीघर हुँदै नयाँ वानेश्वरतर्फ -याली निकालेका थिए। महामारीको बेला जथाभावी निस्केको र उग्र स्वभाव देखाएको भन्दै १५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

प्रकाशित: १७ असार २०७७ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App