राजनीति

साउन ७ सम्म लकडाउनको मोडालिटी अहिलेको जस्तै

फाइल तस्बिर

सरकारले लकडाउन खुकुलो मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेको मोडललाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको हो।  

अहिले सार्वजनिक सवारी सधान चलेका छैनन् भने निजी सवारीमा समेत जोर विजोर प्रणाली अपनाइएको छ। अन्तराष्ट्रिय र आन्तरिक हवाई सेवा बन्द छ। यस्तै शैक्षिक संस्थाहरु पनि बन्द छन्।

केन्द्रसँग समन्वय गरेर प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्रको लकडाउन कस्तो बनाउने भन्नेबारे निर्णय गर्न सक्ने जनाइएको छ।

जेठ २८ मा बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खोल्ने निर्णय लिएको थियो ।  

 

 

प्रकाशित: १५ असार २०७७ १६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App