राजनीति

आश्रित विधेयक पारित

प्रतिनिधिसभामा विनियोजन विधेयकका आश्रित तीन विधेयक पारित भएका छन् । आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २४औं संशोधन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले तीनवटै विधेयकमाथि परेका संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत गर्दै विधेयक पारित गरेको हो । विनियोजन विधेयक र आश्रित विधेयकलाई सन्देशसहित राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाबाट पारित भएपछि बजेट पूर्ण रूपमा पारित भएको मानिन्छ । दुवै सभाबाट विनियोजन विधेयक र आश्रित विधेयक पारित भएपछि सरकारलाई आगामी आर्थिक वर्षको सुरु साउन १ गतेदेखि बजेट कार्यान्यनको बाटो खुल्नेछ ।

प्रकाशित: १ असार २०७७ ०१:०० सोमबार

आश्रित विधेयक पारित