प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै छन् । उनले विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।
प्रकाशित: २८ जेष्ठ २०७७ ०५:४४ बुधबार