राजनीति

एजेन्डामा सहमति नजुटेपछि नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं- नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बसेको सचिवालय बैठकमा सहमतिको प्रस्ताव पेश गर्न सकेनन्। यो सँगै भोली बिहीबारदेखि बन्ने भनिएको स्थायी कमिटी बैठक पनि अनिश्चित भएको छ। आजको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डा तय गर्ने भनिए पनि विषयमा प्रवेश नगरि बैठक सकिएको थियो।

यस अघि २० गते बसेको सचिवालय बैठकले अध्यक्ष द्वयलाई सहमतिको प्रस्ताव तयार गर्न भनेको थियो। बैठकको कार्यसूचीबारे वा बैठकबारे अध्यक्ष द्वयले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

ओली सचिवालयको बैठकमा पुरै समय बसेका थिएनन्। उनले आफु थाकेको भन्दै बैठकको बीचैमा उठेका थिए। नेकपा स्रोतका अनुसार सचिवालय बैठकमा स्थायी कमिटी बैठकका एजेन्डाका बारेमा वादविवाद भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश जारी गरेपछि नेकपामा विवाद बढेको थियो। नेकपामा २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई स्थायी कमिटीको माग गर्दै पत्र बुझाएका थिए।

प्रकाशित: २४ वैशाख २०७७ १२:५५ बुधबार

नेकपा सचिवालय बैठक