राजनीति

नेकपा सचिवालय बैठक निष्कर्ष विहिन, पुन : २० गते बस्ने

काठमाडौं- बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै औपचारिक निर्णय नगरी सकिएको छ। पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक विवाद सुल्झाउन डाँकिएको बैठक कुनै पनि औपचारिक निर्णय नगरी सकिएको हो।

पार्टीभित्रको आन्तरिक विवाद र सरकार सञ्चालन लगायतका विषयमा छफफल भएपनि कुनै निर्णय भने हुन सकेन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वैशाख २० गते अर्को बैठक बोलाउने गरी बैठक सकिएको बताए। सो बैठकमा नेतृत्वले आन्तरिक गृहकार्य गरी आफ्ना विषयवस्तु प्रस्तुत गर्ने उनले बताए। प्रवक्ता श्रेष्ठले भने, ‘‘पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढिकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटी बैठकका बारेमा र यससँग जोडिएका विविध पक्षका बारेमा बैठकमा छलफल भयो। छलफल जारी नै छ। यो बिचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्यको प्रकृया अगाडि बढाउँदै २० गते पुन सचिवालय बैठक बस्ने निर्णय गरेको छ।’’

२० गते बस्ने बैठकले अहिलेको आवश्यकतासँग मेल खाने गरी पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने विषय र स्थायी कमिटी बैठकका विषयमा निर्णय गर्ने उनले बताए। पछिल्लो समय पार्टीभित्र आन्तरिक विवाद चर्किँदै गएको छ।

 

 

प्रकाशित: १७ वैशाख २०७७ १५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App