राजनीति

ओली-दाहाल भेट, सचिवालय बैठक बोलाउन सकारात्मक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्ष सचिवालय बैठक बोलाउन सकारात्मक भएका छन्।

अध्यादेश प्रकरण पछि ओलीले सचिवायल बैठकलाई टार्दै आएका छन्। एकथरी नेताहरुले पार्टी स्थायी कमिटी बैठक बोलाउन माग गर्दै दुई अध्यक्षलाई पत्रनै बुझाएका थिए।

स्रोतका अनुसार आजको भेटमा अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सकारात्मक भएका छन्। वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष दाहालले पार्टी स्थायी कमिटी बैठकको माग गर्दै आइरहेका छन्। तर ओली भने यसका सकारात्मक देखिएका छैनन्। सचिवालय बैठक बुधबार बस्नसक्ने बताइएको छ। अध्यादेश प्रकरणपछि नेकपा भित्रको विवाद उत्कर्षमा दखिएको छ।

 

प्रकाशित: १६ वैशाख २०७७ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App