राजनीति

फुटबाट यसरी जोगियो तत्कालीन समाजवादी

काठमाडौं - तत्कालीन समाजवादी पार्टीका असन्तुष्ट केही सांसद बिहीबार निर्वाचन आयोगमा गई नयाँ पार्टी दर्ता गराउने तयारीमा थिए। सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरूले पार्टी फुटाल्न संसदीय दलमा ४० प्रतिशत पु¥याए पुग्थ्यो। यसकालागि एक सांसदको अभाव थियो। यो अभाव टार्न जनकपुरबाट सुरेन्द्र यादवलाई काठमाडौं ल्याउने तयारी भयो। काठमाडौंमा उनलाई नक्सालको मेरियट होटलमा राख्ने योजना बन्यो। 

प्रधानमन्त्री केपी ओलीको सल्लाहमा सुरेन्द्रलाई काठमाडौं ल्याउन पूर्वआइजिपी सर्वेन्द्र खनाल र नेकपाका सांसद महेश बस्नेत तथा किसान श्रेष्ठलाई जिम्मेवारी दिइयो। सर्वेन्द्र र सुरेन्द्र पुराना चिनजानका साथी हुन्। बुधबार दिउँसो जनकपुरस्थितसुरेन्द्रको घरमा तीनजनाको टोली पुग्यो। सुरेन्द्रलाई काठमाडौं जान सर्वेन्द्रले आग्रह गरे। काठमाडौं हिड्नुअघि सुरेन्द्रले काठमाडौंमै रहेका समाजवादी पार्टीका एक नेतालाई  जानकारी गराए। त्यसपछि यो खबर तत्काल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसम्म पुग्यो। उपेन्द्र झस्किए।

त्यसपछि उपेन्द्रको सल्लाहअनुसार उनी निकटका व्यक्तिले यो खबर तुुरुन्त मिडियामा प्रचार गरे।सुरेन्दलाई अपहरण गरेको आरोप समाजवादी पार्टीका नेताहरूले लगाए। अझै पनि समाजवादी पार्टीका नेताहरु सर्वेन्द्र,महेश र किसानले सुरेन्द्रलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको बताउँछन्।

होटलबाहिर विश्वदीप गाडी लिएर बसेका थिए। सुरेन्द्र बाहिर निस्कनेबित्तिकै विश्वदीपको सम्पर्कमा आए। विश्वदीपले उनलाई सरासर बाबुराम भट्टराईको निवासमा लगे।
 

काठमाडौं ल्याइएपछि सुरेन्द्रलाई पूर्व योजनाअनुसार मेरियट होटलमा राखियो। सुरेन्द्र काठमाडौं आउँदा बिहान करिबसाढे तीन बजेको थियो। सबै कुरा बुझेपछि उनी बिहीबार बिहान आफ्ना अंगरक्षकलाई मर्निङ वाकमा जाने भन्दै होटलबाहिर निस्के। होटलबाट निस्कनुअघि उनले बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेलाई मोबाइलबाट जानकारी गराइसकेका थिए। होटलबाहिर विश्वदीप गाडी लिएर बसेका थिए। सुरेन्द्र बाहिर निस्कनेबित्तिकै विश्वदीपको सम्पर्कमा आए। विश्वदीपले उनलाई सरासर बाबुराम भट्टराईको निवासमा लगे।

त्यसपछि विश्वदीपले सुरेन्द्रसँग चिया खाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरे। यता बस्नेत पक्षका नेताहरूले सुरेन्द्रलाई बाबुराम पक्षधर व्यक्तिहरूले होटलबाट जबरजस्ती आफ्नो निवासमा लगेको बताएका छन्। आफूहरूले अपहरण नगरेको बस्नेत समूहका नेताहरू बताउँछन्। 

सुरेन्द्र होटलबाट फुत्केपछि पार्टी फुटाउन एकजना सांसदको अभाव भयो।  बाबुरामको घरमा पुगेका सुरेन्द्रलाई त्यहाँबाट फेरि ल्याउन सम्भव पनि भएन। यस काममा अरु सांसद तयार भएनन्।  पार्टी फुटाउन भन्दै मेरियटमा बस्दै आएका समाजवादीका अरु सांसद पनि निराश हुन थाले। त्यसमाथि अघिल्लो दिन मध्यरातमा राजपा र समाजवादीबीच पार्टी एकीकरण भएको घोषणा भइसकेको थियो।

पार्टी फुट्न नदिन उपेन्द्रले निकै चलाख ढंगले क्रियाशीले बने। उनले राजपासँग पार्टी एकीकरण त गराए नै, बिहीबार बिहान रेणु यादवको निवासमा पुगे। रेणुले पार्टी फुटाउने गतिविधिको नेतृत्व गरेको उपेन्द्रलाई थाहा थियो। उपेन्द्र आफ्नो निवासमा आएपछि पार्टी फुटाउने गतिविधिमा सक्रिय हुन रेणुलाई नैतिक रुपमा अप्ठयारो प¥यो। उपेन्द्रलेसमाजवादीका केही नेतालाई पनि साथ लिएर रेणुको घर पुगेका थिए। 

उपेन्द्रले रेणुको घरबाट इस्तियाक राई, प्रदीप यादव, विमल श्रीवास्तव,रेणुका गुरुङ,सूर्यनारायण यादव,उमाशंकर अरगरैयालगायतका सांसदसँग निरन्तर सम्पर्क गरे। स्रोतका अनुसार बुधबार मध्यरातमा दुई पार्टीवीच एकीकरण भएपछि त्यसको जानकारी गराउन निर्वाचन आयोगमा जानुअघि नै पार्टी फुटाउन क्रियाशील नेता निर्वाचन आयोगमागई नयाँ पार्टी दर्ता गर्न सक्ने डर उपेन्द्र पक्षधर नेताहरूलाई थियो।त्यसैले उनीहरू बिहीबार बिहान साढे दसबजे निर्वाचन आयोग पुगे।

उनीहरूलाई लक डाउन उल्लंघन गरेको आरोपमा प्रहरीले अवरोध गर्छ र फुटपक्षधर नेताहरूलाई आयोगमा छिर्न दिन्छ कि भन्ने चिन्ता थियो।  त्यसैले एकीकृत पार्टीका धेरैजसो शीर्ष नेता निर्वाचन आयोग पुगेका थिए। आयोग जानुअघि एकीकृत पार्टीका नेताहरूले मिडियालाई जानकारी गराए, आयोगमा पुग्ने समय पनि बताए।

तत्कालीन समाजवादी पार्टीका महासचिव रामसहाय यादव भन्छन्, ‘सरकारले हाम्रो पार्टी फुटाउन सबै किसिमको षड्यन्त्र ग¥यो तर विफल भयो।’ सुरेन्द्रलाई जनकपुरबाट अपरहण गरेर ल्याउने खनाल, बस्नेत र श्रेष्ठमाथि  कारबाही हुनुपर्ने उनले बताए। 

स्रोतका अनुसार सुरेन्द्रलाई स्वास्थ्यमन्त्री बनाउने आश्वासन प्रधानमन्त्रीले दिएका थिए। सुरेन्द्र जनकपुरमै छँदा प्रधानमन्त्रीले टेलिफोन गरेका थिए। काठमाडौं आएपछि भने परिस्थिति फेरियो। पार्टी फुटाउन भनी नेपालगन्जबाट इस्तियाक राई, पर्साबाट प्रदीप यादव तीन दिनअघि नै काठमाडौं आएका थिए। यस काममा रेणु र इस्तियाकले अगुवाइ गरेका थिए।

 

प्रकाशित: १२ वैशाख २०७७ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App