राजनीति

अध्यादेश फिर्ता लिने तयारीमा प्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार 
भएको नेकपाका नेताहरुले बताएका छन्। बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटपछि ओलीले आफू अध्यादेश फिर्ता लिन तयार भएको बताएको नेकपाका एक नेताले बताए। 

प्रचण्डसँग बिहीवार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने वचन दिएका हुन्।बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन्। 

प्रधानमन्त्री ओली अध्ययादेश फिर्ता  लिन तयार भएपछि सांसदहरुसँगको छलफल पनि स्थगित गरिएको छ। नेताहरुले पार्टीको स्थायी समितिको आपतकालीन बैठक बोलाउन  माग गरेपछि  ओली फिर्ता लिन तयार भएको नेताहरुको ठहर छ। 

संविधानको धारा ११४ को उपधारा २ ुखुमा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को (दोस्रो संशोधन) अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको थियो।

दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत सदस्यको सहमति हुनुपर्ने प्रावधानलाई सच्याएर संसदीय दलमा ४० प्रतिशत पुर्‍याउँदा पनि पार्टी विभाजन गर्न मिल्ने व्यवस्था अध्यादेशमा छ।

प्रकाशित: ११ वैशाख २०७७ १०:१८ बिहीबार

अध्यादेश नेकपाका ओली_प्रचण्ड