राजनीति

सांसद यादवलाई प्रधानमन्त्रीको आदेशमा अपहरण गरेको समाजवादीको आरोप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ।’ यस बारेमा बुझ्न यादवसँग सम्पर्क गर्न खोज्दा उनको मोवाइल अफ छ। उनी सप्तरी निवासी हुन्।

सरकारले दल विभाजन सम्वन्धी कानुनमा संशोधन गर्दै अध्यादेश जारी गरेको थियो। समाजवादीका इस्तियाक राई दल विभाजनको तयारीमा रहेको समाचार आइरहँदा सांसद यादवलाई विभाजकै लागि अपहरण गरिएको पार्टीले आरोप लगाएको हो।

 

प्रकाशित: १० वैशाख २०७७ १४:४३ बुधबार

अपहरण समाजवादी पार्टी