राजनीति

सीमा सील गर्दै प्रदेश सरकार, थप एक हजार सुरक्षाकर्मी खटाइने

लहान  - प्रदेश २ को वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सरकारले दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य थालेको छ। सीमा सिल गर्न प्रदेश सरकारले संघीय सरकारसँग थप सुरक्षाकर्मी मागेको छ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दक्षिणवर्ती सीमा सिल गर्न संघीय सरकारसँग एक हजार थप सुरक्षाकर्मी माग गरिएको बताए। ‘सुरक्षाकर्मी थपिनिबितिकै सीमा पूर्ण रुपमा सिल गर्छौं,’ प्रदेश २ सरकारका प्रवतmासमेत रहेका मन्त्री यादवले नागरिकसँग भने, ‘मुख्य चौनौती नै सीमाबाट लुकिछिपी हुने आउजाउ हो। यसलाई नरोकेसम्म कोरोना जोखिम कम हुँदैन।’ प्रदेश २ मा कोरोना संक्रमण नियन्त्रण गर्न विशेष परिस्थिति घोषणा गरी छोटो प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने जानकारी दिँदै उनले भने, ‘भेन्टिलेटरदेखि पिपिईलगायत सामग्री सबै व्यवस्था हुन्छ। हामी परीक्षण र उपचार व्यवस्थालाई व्यापक बनाउन लागिपरेका छौं।’

मन्त्री यादवका अनुसार वीरगन्जमा रहेका भारतीय तीनजनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ का आठवटै जिल्लामा उच्च सतर्कता अपनाइएको छ। शंकास्पद व्यतिmहरु पहिचान गरी क्वारेन्टाइनमा राख्न सबै जिल्लाका सुुरक्षा प्रमुखलाई निर्देशन दिएको मन्त्री यादवले बताए। उनले भने, ‘क्वारेन्टाइनमा बस्न नमान्ने व्यक्तिहरूलाई कानुनी कारबाही गर्न निर्देशन दिएका छौंं। हामी संक्रमण रोक्न लकडाउन अझ सशतm बनाउँछौं। संक्रतिमत फेला परेको स्थानलाई पनि चारैतिरबाट सिल गरी नमुना परीक्षणलाई तीव्र्रता दिन्छौं।’  

यस प्रदेशमा तीन सय ६३ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ। जसमध्ये एक सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। नारायणी अस्पताल वीरगन्ंजले संकलन गरी परीक्षणका लागि पठाएका नमुनामध्ये तीनजना भारतीयको रिपोर्ट कोरोना पोजिटिभ आएको छ। तीनजनामा संक्रमण पुष्टि भएपछि सरकार अझ बढी सचेत र गम्भीर बनेको मन्त्री यादवले बताए। ती संक्रमितलाई  आइसोलेसनमा राखिएको र संक्रमित रहेको क्षेत्रलाई सिल गरिएको मन्त्री यादवले बताए।

संक्रमितसँग सम्पर्कमा आएका वीरगन्ज छपकैयाका अन्य व्यतिmलाई समुदायको सम्पर्कमा आउन नदिन सो क्षेत्र सिल गरिएको हो। कोभिड–१९ संक्रमण पुष्टि भएका तीनमध्ये एकमा खोकी र बाँकी दुईमा खासै लक्षण नदेखिएको नारायणी अस्पताल वरिगन्जका प्रमुख डा. मदन उपाध्यायले बताए। उनले भने,‘उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गर्छौं।’ यस अस्पतालमा दुइटा भेन्टिलेटरसहित पाँच शड्ढयाको आइसियु छ।

प्रकाशित: १ वैशाख २०७७ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App