राजनीति

पदभार सम्हाल्दै अर्थमन्त्रीले भने : 'कमाण्डरले फिर्ता नबोलाउदासम्म लडिरहन्छु'

काठमाडौं- अर्थ मन्त्रालयको पदभार सम्हाल्दै डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताएका छन्। बुधबार अर्थमन्त्रीमा पुनः नियुक्त भएका खतिवडाले पदभार सम्हालेपछि मुलुकमा रहेको गरिबी, असमानता, अभाव र अन्यायविरुद्धको लडाईमा जित प्राप्त नगर्दासम्म नफर्किने बताए।

पदभार ग्रहणपछि खतिवडाले आफू न्याय र समानताको पक्षमा लडाई लड्ने योद्धा भएको र कमाण्डर फिर्ता नबोलाउँदासम्म नआउने बताए। दोस्रो कार्यकाल कहिलेसम्म रहन्छ भन्ने पत्रकारहरुको प्रश्नमा खतिवडाले भने, 'कार्यकालको विषयमा सुरुकै दिन के हिसाब गर्नु। बजेट निर्माण, आर्थिक नीति अगाडी बढाउने सन्दर्भमा विकास, सुशासन, न्याय प्रशासन, सामाजिक न्याय र समानताको पक्षको लडाई लड्ने म योद्धा हुँ। योद्धा लडाईमा त्यो बेलासम्म लडिरहन्छ जुनबेलासम्म कमाण्डरले फिर्ता होउ भन्दै या युद्ध जित्दैन। मेरो कार्यकाल पनि त्यही हो। जबसम्म युद्ध जित्दैन या कमाण्डरले फिर्ता आउ भन्दै तबसम्म मुलुकका गरिबी, अभावसँग, भोक, असमानता र अन्ययको विरुद्धमा लडिरहने कुरा हो त्यो हुनाले यसको कुनै समयसीमा हुँदैन।’

दोस्रो कार्यकालमा स्वभाविक रुपमा चुनौतीहरु थपिएको उनले बताए। बुधबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले अबको आफ्नो कार्यकाल जनतामाझ राखेका प्रतिवद्धताहरु, नीति तथा कार्यक्रमहरु र बजेट मार्फत बोलेका कुराहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। पहिलो कार्यकालमा भएका कामहरु सुदृढ ढंगले अघि बढाउने र पूरा नभएका कामहरु पूरा गर्दै जाने उनले बताए।

खतिवडाले बुधबार नै पद तथा गोपनियताको सथप लिएका थिए। यसअघि मंगलबार राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले राजीनामा दिएका थिए।

प्रकाशित: २१ फाल्गुन २०७६ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App