राजनीति

राष्ट्रपतिबाट प्रमको स्वास्थ्यलाभको कामना

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छन्।

उनले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन्।

 

प्रकाशित: २० फाल्गुन २०७६ ११:५९ मंगलबार

राष्ट्रपति स्वास्थ्यलाभ कामना