राजनीति

सांसदहरु प्रश्न : कोरोना भाइरसबारे उच्चसतर्कता खोई ?

काठमाडौं- सांसदहरुले कोरोना भाइरसको जोखिमबारे सचेत हुन सरकारलाई आग्रह गरेका छन्। सोमबारको संसद बैठकमा बोल्दै  प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले चीनबाट उद्धार गरि ल्याइएका नेपाली विद्यार्थीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेको भएपनि अन्य कोरोना प्रभावि क्षेत्रबाट एक महिनाको अवधिमा नेपाल भित्रिएका १ लाख ७६ हजार २ सय ७२ जनालाई क्वारेन्टाइन नै नगरी नेपाल प्रवेश गराइएको प्रति आपत्ति जनाए।

बडुले यसबाट पर्न जाने जोखिम प्रति सरकार कति संवेदनशील छ भन्दै प्रश्न गरे। विश्व स्वास्थ्य संगठनले समेत नेपाल लगायतका दक्षिण एसियाली देशहरु उच्च जोखिमा रहेको घोषणा गरेको सन्र्दभमा सबैलाई आश्वस्त पार्ने गरी सदनमा जानकारी गराउन पनि सरकारसँग आग्रह गरे।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद देवेन्द्र पौडेलले  कोरोना भाइरसका कारण विश्व नै भयावह वातावरणमा रहेको अवस्थामा सरकारले उच्च सतर्कता अपनाउनुपर्ने बताए। उनले राज्यकोषको ढुकुटीमा २ खर्बभन्दा बढी रकम संचित रहेको र त्यसलाई विनियोजन गरी विकास निर्माणका कामहरु दृढताका साथ अगाडी बढाउन आग्रह गरे।

प्रकाशित: १९ फाल्गुन २०७६ १०:२७ सोमबार

सरकार संसद कोरोना