राजनीति

सरकारले समाजवादउन्मुख काम गरेको छ : वरिष्ठ नेता खनाल

चौतारा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  हालै सो क्षेत्र भारतले आफ्नो नक्शामा समावेश गरेकोप्रति आपत्ति जनाए। “सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र नक्शा प्रकाशित गर्न जरुरी रहेको छ।” वरिष्ठ नेता खनालले  भने।

सरकारले समाजवादउन्मुख काम गरेको, सबै दल संविधानभित्र आउनुपर्ने र नआउने दलपछि पर्ने पूर्वप्रधानमन्त्री खनालले उल्लेख गरे। हालै सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टी एकता थप बलियो भएको सन्देश गएको उनले जनाए। कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष जेवी विकले गरेका थिए।

प्रकाशित: ३ फाल्गुन २०७६ १३:१० शनिबार

सरकार समाजवादउन्मुख