राजनीति

नेविसंघले पायो नेतृत्वः राजीव ढुंगाना अध्यक्ष, छ महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी

काठमाडौं - नेपाली कांग्रेसले राजीव ढुंगानाको नेतृत्वमा नेपाल विद्यार्थी संघ गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बिहीबार ढुंगानाको नेतृत्वमा नेविसंघको केन्द्रीय तदर्थ समितिको गठन गरेका हुन्।

जसको महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन्। तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं अधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ। तदर्थ समितिमा रहेकाहरुले भने आगामी केन्द्रीय अधवेशनमा उम्मेद्वार हुन पाउने छैनन्।

यसअघि नेविसंघ विघटन हुँदाको मिति २०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर पुरा नभएकाहरुले आगामी अधिवेशनमा भाग लिन पाउने केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्य छिट्टै मनोनयन गरिने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १६ माघ २०७६ ०७:४७ बिहीबार

नेविसंघ राजीव_ढुंगाना अधिवेशन